समाचारमंगलबार, फाल्गुण ६, २०७०

काठमाडौंमा अर्बपतिको विहे, विमानस्थल अटेसमटेस्

हिमालखबर

विश्वकै धनीहरुमध्येका भारतीय व्यापारी विवेक सराबगीका छोरा करण सराबगी र हायात होटेलका मालिक राधेश्याम सर्राफकी नातिनी एवम् अरुणकुमार सर्राफकी छोरी तनिसाको विहेमा सहभागी हुन विश्वभरबाटै नेता र व्यवसायीहरु काठमाडौं आएका छन् ।

विश्वकै धनाढ्यमध्येका लक्ष्मी मित्तल, मुकेश अम्बानी, अनिल अग्रवाल, उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादव, सिंचाइमन्त्री शिवपालसिंह यादव, जेलमन्त्री राजेन्द्र चौधरी, विधानसभाका सभामुख माताप्रसाद पाण्डे  जहाज चार्टर गरेर विवाहमा सहभागी हुन काठमाडौं आएका छन्।

विश्वका ४१ औं र भारतका दोस्रो धनी लक्ष्मी मित्तल राधेश्याम सर्राफका सम्धी हुन् ।

विवाह कार्यक्रममा सहभागी हुन भारतीय कलाकार, पत्रकार, समाजसेवीलगायतको टोलीसमेत आइसकेको छ।

तनिशा र करण तस्वीर साभार: weddingsutra.com

विवाह महोत्सवमा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला, पूर्वराजा ज्ञानेन्द्र शाह, राजनीतिज्ञ तथा पत्रकारसहित विशिष्ट व्यक्तिहरूलाई निम्ता गरिएको छ।

होटेल व्यवस्थापनले विमानस्थल अध्यागमन कार्यालयलाई भारतबाट आउने पाहुनालाई सहयोगको आग्रह गर्दै पत्रसमेत पठाएको छ।

याक यन्ड यती होटेलमा ६ फागुनमा विवाहको मुख्य कार्यक्रम भए पनि हायात, रयाडिसन, अन्नपूर्णलगायतका होटेल पाहुनाका लागि बुक गरिएका छन् । पाहुनालाई मनोरञ्जन प्रदान गर्न मुजरा र डिस्कोको छुट्टै व्यवस्था गरिएको छ। नर्तकीहरूसमेत भारत र पाकिस्तानबाट आएका छन्।

विवाहका लागि भारत र हल्यान्डबाट फूल मात्रै एक करोडको आयात गरिएको छ । विवाहमण्डप सजाउन जापानी र भारतीय डिजाइनर खटेका छन्।

खाना तयार गर्न ३५ जना भान्छे भारतबाट आएका छन्। आतिथ्य सत्कारका लागि होटेलका कर्मचारीले झन्डै एक सातादेखि बिदासमेत पाएका छैनन्।

विवाहमा सहभागी हुन ५ फागुनमा मात्रै नौ वटा निजी विमान आएका थिए ।

याक एण्ड यतीबाट आफ्नो व्यवसायिक जीवन शुरु गरेका राधेश्याम सर्राफ काठमाडौंको हायात होटलका मुख्य लगानीकर्ता हुन् । उनका छोरा अरुण भारतमा निर्माणक्षेत्रमा कहलिएका व्यापारी हुन् । अरुणको स्वामित्वमा भारतमा झण्डै एक दर्जन पाँच तारे होटलहरु छन् ।

५ फागुनदेखि शुरु भएको नतिशा–करणको विवाह काठमाडौंमा तीन दिनसम्म चल्नेछ ।

भारतमा राजनीतिज्ञ, व्यापारी, उद्योगपति, बैंकर र होटल व्यवसायीहरु पनि नेपाल आएका छन् । र्बाकलेज बैंकका एशिया हेड पनि विवाहमा भाग लिन नेपाल आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>