थप समाचारबुधबार, फाल्गुण ७, २०७०

किर्ते लाईसेन्स बनाउने दुई पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा सिरहा कल्याणपुर ६ घर भई वीरगञ्ज– १० बस्ने शैलेन्द्रकुमार सिंह र वीरगञ्ज–१० का सञ्जीव साहलाई पक्राउ गरेको छ ।

प्रहरील शंका लागि शैलेन्द्रको शरीर खानतलासी गर्दा उनका साथबाट ५ थान नक्कली लाइसेन्स फेला पारेको थियो । उक्त लाइसेन्स सञ्जीव साहले बनानउन दिएको भन्ने शैलेन्द्रले दिएको सूचनाका आधार प्रहरीले सञ्जीवलाई पनि पक्राउ गरेको हो ।

दुबैलाई सरकारी छाप र दस्तखत किर्ते गरेको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>