समाचारबुधबार, फाल्गुण ७, २०७०

एक वर्षभित्रै संविधानः प्रधानमन्त्री कोइराला

हिमालखबर

प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा भित्र र बाहिर रहेका सबै शक्तिहरु बीच सहमति को वातावरण सिर्जना गरी एक वर्षभित्र नेपाली जनतालाई सङ्घीय लोकतान्त्रिक संविधान दिने वातावरण तयार पार्न सरकार सफल हुने दाबी गरेका छन् ।

उनले राजनीतिक दलहरुबीचको सहमति, सहकार्य र एकताको आधारमा नयाँ संविधान निर्माण गर्न नेपाली जनताले दिएको अभिमतलाई सरकारले आत्मसात् गरेको बताए । “नागरिक अधिकार र प्रजातन्त्रका शाश्वत मूल्य मान्यताप्रतिको प्रतिबद्धताले नै राजनीतिक दलहरुबीच विश्वासको बलियो आधार बन्न सक्दछ,” कोइरालाले भने ।

बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसंस्कृतिको विविधताबाट भरिपूर्ण नेपाली समाजलाई प्रजातन्त्रको माध्यमबाट मात्रै एकताबद्ध गर्न सकिने धारणा व्यक्त गरे ।

“प्रजातन्त्र नै राष्ट्रियताको सवल आधार हो । समतामूलक समाज निर्माण गर्न र आर्थिक विकासका लागि प्रजातन्त्र अपरिहार्य छ,” भन्ने बिपी कोइरालाको विचारलाई उनले स्मरण गरे ।

यसअघि शहीद गेटबाट विभिन्न झाँकीसहित आयोजना गरिएको प्रभातफेरि प्रज्ञा प्रतिष्ठानमा पुगी मूल समारोहमा परिणत भएको थियो ।

कार्यक्रममा प्रधानन्यायाधीश, सांसद्, नेपाल सरकारका मुख्य सचिव तथा अन्य विशिष्ट महानुुभावको सहभागिता थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>