समाचारबुधबार, फाल्गुण ७, २०७०

महिला हिंसाका घटना दोब्बर: इन्सेक

हिमालखबर

काठमाडौंमा ७ फागुनमा मानवअधिकार वर्ष पुस्तक विमोचन कार्यक्रममा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले गत बर्षको तुलनामा यसवर्ष महिला हिंसाका घटनाहरू बढेको बताए ।

यस वर्ष महिला हिंसाका घटना २ हजार ३४८ भएका छन् । गत वर्ष महिला हिंसाका घटना जम्मा ९१० भएको इन्सेकको पुस्तकमा उल्लेख छ । गतवर्ष सबै गरेर मानवअधिकार उल्लंघनका घटना ३ हजार ५२१ भएकोमा यसवर्ष यो संख्या बढेर ५ हजार ४३५ पुगेको छ ।

इन्सेकका अनुसार यसवर्ष परिवारबाटै १०८ जना महिलाको हत्या भएको छ जसमध्ये सबैभन्दा धेरै सिरहा जिल्लामा सात जना महिलाको हत्या भएकोे छ ।

यो वर्ष देशभर १ देखी १७ वर्षसम्मका ४०६ बालिका बलात्कृत भएका छन् भने १८२ जना बालबालिकामाथि यौन दुव्र्यवहार भएको छ । बोक्सीको आरोपमा ६९ जना महिला पीडित भएको पनि पुस्तकमा उल्लेख छ ।

काठमाण्डौमा सबैभन्दा धेरै १ हजार ५६७ महिलाहिंसाका उजुरी परेका छन् भने रूकुममा एउटा पनि उजुरी परेको छैन । प्रहरीमा दर्ता भएका अधिकांश घटना मिलापत्र भएको र ६८ वटा घटनामा मात्र कानूनी प्रक्रिया अगाडि बढाईएको पनि इन्सेकले सार्वजनिक गरेको छ ।
मीना शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>