समाचारबिहीबार, फाल्गुण ८, २०७०
उपाध्यक्षको निर्वाचन १४ फागुनमा
संविधानसभाको ८ फागुनमा बसेको बैठकले उपाध्यक्षको निर्वाचन १४ फागुन विहान ११ बजे गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाओवादी सभासद शम्भु पासवान हजारालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिंदै अर्को आदेश नभएसम्मका लागि संविधानसभा बैठकमा उपस्थित हुन नदिन गरेको आदेश सुनाए ।
त्यसैगरी एमालेका तर्फबाट सभासद निर्वाचित भएका अध्यक्ष नेम्बाङले अब आफू पार्टीको कुनै पनि काममा सहभागी नभई संविधानसभा अध्यक्षका हैसियतले सम्पूर्ण काम त्यसमै केन्द्रित गर्ने पनि जानकारी दिएका थिए ।
