समाचारबिहीबार, फाल्गुण ८, २०७०
प्राधिकरणका पूर्व प्रबन्धकसहित चारजना अख्तियारद्वारा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्स्फर्मर खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन पदाधिकारीहरु प्रबन्धक कैलाशप्रसाद अटल, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु, भण्डार प्रमुख नारायणप्रसाद चौधरी र लेखा अधिकृत सुरेश कुमार कटुवाललाई पक्राउ गरेको छ ।
पक्राउ परेका चारैजनालाई अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगालस्थित हिरासतमा राखिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
