समाचारबिहीबार, फाल्गुण ८, २०७०

हिंसात्मक द्वन्द्वको अवशेष, जाजरकोटमा पाईप बम विष्फोट

हिमालखबर

जाजरकोटको दशेरा –३ तल्लोगाँउमा स्थानीय चँदाराले जंगलमा भेटाएको पाइप  आरनमा पगाल्न खोज्दा विष्फोट भई ६ जना घाइते भएका छन् ।

विष्फोटमा परी गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट उपचारका लागी शिक्षण अस्पताल महाराजजञ्ज काठमाण्डौ लगिएको छ ।

दशेराका जोखे थापाले केही दिनअघि जंगलमा दुबैतर्फ बन्द गरिएको जिआई पाईप भेटाएका थिए । उक्त पाइप पगालेर ओदान बनाउन  थापाले स्थानीय चँदारा (फलामको काम गर्ने) लाई दिएका थिए । उक्त पाइप चँदाराले ८ फागुन विहान आरनमा पगाल्न खोज्दा विष्फोट भएको हो ।

विष्फोटबाट आरन संचालक ५२ बर्षीय कमारो चँदारा, ३५ वर्षीय जोखे थापा, ३५ वर्षीय भक्तबहादुर नेपाली , ३३ वर्र्षीय नरसिंह थापा , ३५ वर्षीय मनबहादुर थापा र १५ बर्षीय नैनबहादुर नेपाली गम्भीर घाईते भएको प्रहरी निरीक्षक घर्मेन्द्र शाहले जानकारी दिए ।

गम्भीर घाईते चँदाराको दाहिने हातको कुहिनोदेखी तलको पुरै भाग चुडिएको छ । भने उनी सहित अन्य सवैको अनुहार , टाउको र छाती बमका छर्राले जलेको छ ।

उक्त पाइपबम सशस्त्र हिंसाका बेला माओवादीले छोडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

विष्फोट लगत्तै  प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र सभासद राजीव विक्रम शाहको पहलमा नेपाली सेनाको एम आई १७ हेलिकोप्टर उद्धारको लागि आएको थियो ।
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>