समाचारमंगलबार, साउन ३०, २०६९
पुर्व मन्त्री खुमबहादुर भ्रष्टचारी ठहर, डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना
३० साउनमा भएको फैसलाले खडकाले सार्वजनिक पदको दुरुपयोगगरी अकुत सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अभियोग प्रमाणित भएको छ । खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ कार्तिक २०५९ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । खड्कामाथी पटक-पटक पदको दुरुपयोगगरी २ करोड ३६ लाख ८७ हजार बराबरको अवैध सम्पत्ति आर्जन गरेको र खड्काकी श्रीमती र छोरीको नाममा रहेको सम्पतीको पनि स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको थियो ।
त्यतिखेर खड्कालाई विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर जबराको इजलासले २०६३ कार्तिकमा सफाई दिएको थियो । उक्त फैसला विरुद्ध अख्तियारले खड्का विरुद्ध २०६३ चैतमा सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

