समाचारशनिबार, फाल्गुण १०, २०७०
केपी ओली अस्पताल भर्ना
९ फागुन साँझ अस्पताल भर्ना भएका एमाले नेता केपी ओली १० फागुनदेखि शुरु केन्द्रीय कमिटी बैठकमा समेत जान सकेका छैनन् । युरिक एसिडको समस्याले ग्रस्त ओलीलाई ११ फागुनसम्म अस्पतालमै बस्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।
काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका ओलीलाई डा। प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।
मृगौला रोगबाटसमेत पीडित ओलीको हात सुन्निएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
