समाचारआइतबार, फाल्गुण ११, २०७०

आज मन्त्रिपरिषद विस्तार हुन सक्ने, एमालेलाई गृह दिन कोइराला सहमत

हिमालखबर

गृहमन्त्रालय एमालेलाई नदिने अडान राख्दै आएका प्रधानमन्त्री कोइरालाले एमालेको सहभागिता विना नै ९ फागुनमा मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाए पनि पार्टीभित्रै देउवापक्षसँग कुरा नमिल्दा विस्तार गर्न सकेका थिएनन् ।

पार्टीभित्र र बाहिर दुवैतिरबाट अपेक्षित सहयोग नपाएपछि कोइरालाले अब गृहमन्त्रालय एमालेलाई दिएरै भए पनि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छलफलमा सहभागी एक नेताले हिमालखबरलाई जानकारी दिए ।

१० फागुन साँझ अवेरसम्म पनि मन्त्रिपरिषद विस्तारका लागि भएको कांग्रेसको आन्तरिक छलफलमा एमालेलाई गृह दिएरै भए पनि मन्त्रिपरिषद विस्तार गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

कोइरालाले आफूनिकटहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, दिपकुमार उपाध्याय, रामशरण महतलगायतका नेताहरुसँग छलफलपछि उनीहरुकै सुझावअनुसार गृह एमालेलाई नै दिने तयारी गरेको कोइराला निकट स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>