समाचारआइतबार, फाल्गुण ११, २०७०

‘एमाओवादी स्थानीय निर्वाचनको पक्षमा छैन’

हिमालखबर

पाँचथरको फिदिममा आयोजित कार्यक्रममा बोल्दै एमाओवादी नेता वर्षमान पुनले एकवर्षभित्र संविधान जारी गरेपछि नयाँ संविधानअनुसार स्थानीय निकायको निर्वाचन गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले आफ्नो पार्टी तत्काल स्थानीय निर्वाचनको पक्षमा नरहेको पनि स्पष्ट पारे । ४ मंसीरमा भएको संविधानसभामा अनपेक्षित हार व्यहोर्नु परेपछि एमाओवादी तत्कालै स्थानीय निकायको निर्वाचन चाहँदैन । यद्दपी प्रधानमन्त्री सुशील कोइरालाले ६ महिनाभित्रै स्थानीय निकायको निर्वाचन गराउने बताउँदै आएका छन् भने नेकपा एमालेलगायतका दलहरु पनि चाँडै स्थानीय निकायको निर्वाचन गराउनु पर्ने पक्षमा छन् ।

संविधान लेखन प्रकृयालाई तिव्रता दिन अघिल्लो संविधानसभामा सहमति भएका विषयहरुलाई संस्थागत गर्दै राज्यको शासकीय स्वरुप र पुनःसंरचना लगायतका विवादित विषयमा छिटै निश्कर्षमा पुग्नु पर्ने उनको भनाई थियो ।

नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले एमाओवादीसँग पार्टी एकीकरणको सम्भावना रहेको भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै पुनले तत्काल एकीकरणको कुनै सम्भावना नभएको बताएका थिए ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>