थप समाचारआइतबार, फाल्गुण ११, २०७०

भुलभुलेमा पहिलो औपचारिक अन्तरजातीय विवाह

हिमालखबर

लमजुङ निवासी सभासद जमिन्द्रमान घलेले आफ्नी एक्ली छोरी गिताको विवाह विरगञ्जका आशिष अधिकारीसँग गरिदिएका छन् । घले दम्पतीले औपचारिक समारोह गरी कन्यादान गरेपछि यो गाउँकै पहिलो औपचारिक अन्तरजातीय विवाह बन्न पुगेको छ ।

यसअघि अन्तर्जातीय विवाह हुने गरे पनि ती विवाहलाई परिवार र समाजले औपचारिकता भने दिएको छैन । कतिपय जोडी अझै घर पस्न समेत पाएका छैनन् ।

गुरुड र बाहुन समुदायको दुवैको चलन अनुसार मिश्रित विवाह संस्कार गरिएको हो ।

“कसैले राम्रो त कसैले अनौठो माने,” बेहुलीकी आमा कमला घलेले भनिन्, “छोरीले मन पराई, उसको चाहना हामीले स्वीकार गर्‍यौं ।”

लमजुड क्षेत्र नम्बर १ बाट सभासदमा निर्वाचित एमाले नेता घलेका छोरी ज्वाइँ दुवै दुवईमा काम गर्छन् । होटल म्यानेजमेन्टमा स्नातक गीता र आशिष दुवैको कलेज पढ्दादेखिको प्रेमलाई दुवैपक्षका परिवारले सहजै स्वीकार गरिदिएका छन् ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>