थप समाचारआइतबार, फाल्गुण ११, २०७०
तालिवानी आक्रमणमा २० अफगानी सैनिकको मृत्यु
तालिवानले पाकिस्तानको सीमाक्षेत्रमा पर्ने अफगानी सैन्य चौकीमा आक्रमण गरी २० जना सैनिकको हत्या गरेका छन् भने ७ सैनिक अधिकारीलाई अपहरण गरेका छन् ।
कुनार प्रान्तको घाजियावाद जिल्लामा भएको उक्त आक्रमणको पुष्टि प्रान्तीय प्रशासक सुजाहमुल मुल्क जलालले गरेका छन् ।
तालिवान आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अपहरणमा परेका सैनिकहरूको मुक्तिको लागि आवश्यक कदम जारी रहेको सैनिक स्रोतले जानकारी दिएको छ ।
हालका वर्षहरूमा अफगानिस्तानमा अफगान सैनिक र प्रहरीको हताहतीको सङ्ख्या बढेको जनाइएको छ । सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा युद्धरत नेटोसँग आवद्ध सैनिक त्यहाँबाट फर्किसक्ने नेटोआबद्ध देशहरूले यसअघि नै जानकारी दिएका छन् ।
नेटो सैनिकले छोड्ने भएपछि अफगानिस्तानको सुरक्षाको जिम्मा प्रायः अफगान सैनिकले नै लिएका हुनाले उनीहरुको हताहती सङ्ख्यामा पनि वृद्धि भएको जनाइएको छ ।
एएफपी

