समाचारसोमबार, फाल्गुण १२, २०७०

शीर्ष नेता सम्मिलित सुरक्षा विशेष समिति गठन

हिमालखबर

व्यवस्थापिका संसदको १२ फागुनमा बसेको बैठकले सुरक्षा विशेष समिति गठन गरेको छ । अन्तरिम संविधानको धारा १४५ को व्यवस्था अनुसार सरकारले संविधानसभा सदस्य निर्वाचनका लागि सेना परिचानल सम्बन्धी गरेको निर्णयलाई अनुमोदन गर्न समिति गठन भएको हो ।

संसदको कार्यसंचालन नियमावली २०६५ को नियम ११७ अनुसार गठन भएको समितिमा अधिकांश प्रमुख दलका शीर्ष नेताहरु छन् । समितिमा कांग्रेसकातर्फबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, चित्रलेखा यादव, कुलबहादुर गुरुङ, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कमला पन्तलगायत छन् ।

एमालेका झलनाथ खनाल, केपी ओली, माधवकुमार नेपाल, वामदेव गौतम, भरतमोहन अधिकारीलगायत समितिमा छन् । एमाओवादीकोतर्फबाट बाबुराम भट्टराई, कृष्णबहादुर महरा, ओनसारी घर्ती मगर, गणेशमान पुन, जनार्दन शर्मा, रामनारायण बिडारी, रेखा शर्मालगायत छन् ।

साना दलका कुमार खड्का, एकनाथ ढकाल, डिम्पलकुमारी झा, परशुराम तामाङ, प्रेमबहादुर सिंह, विश्वेन्द्र पासवान, हरिचरण शाह, सरिताकुमारी यादव लगायत पनि समितिमा छन् ।

समितिमा राष्ट्रिय सुरक्षा परिषद्मा रहने प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, प्रधनमन्त्रीले तोकेका तीन जना मन्त्री, राज्य व्यवस्था समितिका सभापतिसहित सबै दलका सभासद रहने प्रावधान छ । समितिको पदेन सभापति र उपसभापतिमा सभामुख र उपसभामुख रहने छन् ।

संविधानमा उल्लेख भए अनुसार प्राकृतिक विपद परेको बेला बाहेक सेना परिचालन सम्बन्धी मन्त्रिपरिषद्को निर्णय अनुमोदनका लागि छलफल गरी निर्णय गर्ने नियमावलीमा व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>