समाचारसोमबार, फाल्गुण १२, २०७०

ओलीको स्वास्थ्यमा सुधार

हिमालखबर

बाथ र युरिक एसिडको समस्याका कारण धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार गराइरहेका ओलीको स्वास्थ्यमा सुधार आएको छ । १० फागुनदेखि उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि थप उपचारका लागि भारत जान नपर्ने भएको छ ।

उनको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएको ओलीका स्वकीय सचिव रमेश पौड्यालले जानकारी दिए । अस्पतालबाट घर गएपछि राजनीतिक भेटघाट, बढी दौडधुप गर्दा बाथ र युरिक एसिडको समस्या बल्झने भएकाले अस्पतालमा नै आरामका लागि राख्नुपर्ने चिकित्सकले सल्लाह दिएको उनले बताए ।

“उहाँको स्वास्थ्यमा धेरै सुधार भएको छ,” ओलीका स्वकीय सचिव पौड्यालले भने, “अस्पतालमा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा समेत उहाँ उपस्थित हुनुभयो ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>