समाचारमंगलबार, फाल्गुण १३, २०७०
कांग्रेसले पनि मन्त्रीहरुको टुंगो लगायो
नेपाली कांग्रेसले महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानसहित स्थानीय विकास मन्त्री बनाउने भएपछि मन्त्रिपरिषदमा दुईजना उपप्रधानमन्त्री हुने भएका छन् । यसअघि एमालेले वामदेव गौतमलाई उपप्रधान तथा गृहमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेसको आन्तरिक छलफलले मन्त्रीहरुको अन्तिम सूची तयार पारेको हो ।
कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुमा
विमलेन्द्र निधि– भौतिक योजना
चित्रलेखा यादव– शिक्षा
रामशरण महत– अर्थ
मीनेन्द्र रिजाल– सञ्चार
नारायण खड्का– शहरी विकास
महेश आचार्य– वन तथा भू संरक्षण
नरहरि आचार्य– कानून, न्याय तथा संसदीय मामिला
एनपी साउद– सिंचाइ
टेकबहादुर गुरुङ– श्रम राज्यमन्त्री हुने भएका छन्।
एमाले र कांग्रेस दुवैतर्फबाट मन्त्रीहरुको टुंगो लागेपछि आजै साँझ नयाँ मन्त्रीहरु सपथ लिने कार्यक्रम तय भएको छ ।
