समाचारबुधबार, साउन ३१, २०६९

देउवा पक्षद्वारा विभागीय जिम्मेवारीको राजीनामा बुझाउँदै

हिमालखबर

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ३१ साउन दिउँसो राजीनामा पत्र दर्ता गर्ने तयारी भइरहेको पार्टी केन्द्रीय सदस्य तथा संसदीय विभाग प्रमुख पूर्णबहादुर खड्काले हिमालखबरलाई जानकारी दिए । देउवा पक्षीय नेताहरुको बुढानिलकण्ठमा छलफल भइरहेको छ ।

विभाग गठन गर्दा आफूहरूसँग सल्लाह नगरेको र विधानमा व्यवस्था नै नभएका विभागसमेत बनाएको भन्दै देउवा पक्ष असन्तुष्ट छ । १३ साउनमा पार्टी सभापति सुशील कोइरालाले ४२ विभाग र अञ्चल संयोजकको जिम्मेवारी बाँडफाँड गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>