समाचारमंगलबार, फाल्गुण १३, २०७०
मन्त्रिपरिषद विस्तार, १८ नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण

शीतलनिवासमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र वामदेव गौतमलाई शपथ ग्रहण गराउँदै प्रधानमन्त्री सुशील कोइराला साथमा सञ्चारकर्मीहरु । तस्वीर: बिक्रम राई
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले १३ फागुन साँझ १८ जना नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
प्रधानमन्त्री सुशील कोइराला र यसअघि विनाविभागीय र हाल अर्थमन्त्री रामशरणमहतसँगै मन्त्रिपरिषद २० सदस्यीय भएको छ । जसमध्ये १० जना मन्त्रीहरु एमालेका छन् । एमालेबाट मन्त्री बनेकाहरुमध्ये ६ जना संविधानसभा सदस्य छैनन् ।
मन्त्रिपरिषदका सदस्यहरुको नामावली:
कांग्रेसबाट
सुशील कोइराला– प्रधानमन्त्री
प्रकाशमान सिंह– उपप्रधान एवम् स्थानीय विकास
रामशरण महत– अर्थ
महेश आचार्य– वन तथा भू संरक्षण
विमलेन्द्र निधि– भौतिक योजना
चित्रलेखा यादव– शिक्षा
मीनेन्द्र रिजाल– सूचना तथा सञ्चार
नारायण खड्का– शहरी विकास
नरहरि आचार्य– कानून, न्याय तथा संसदीय मामिला
एनपी साउद– सिंचाइ
टेकबहादुर गुरुङ– श्रम राज्यमन्त्री
एमालेबाट
वामदेव गौतम– उपप्रधान तथा गृह
महेन्द्र पाण्डे – परराष्ट्र
राधा ज्ञवाली– उर्जा
पुरुषोत्तम पौडेल – युवा तथा खेलकुद
हरि पराजुली – कृषि
लालबाबु पंडित – सामान्य प्रशासन
कर्णबहादुर थापा –उद्योग
भीम आचार्य – पर्यटन
खगराज अधिकारी – स्वास्थ्य
दलबहादुर राना –भूमिसुधार
सरकारमा राप्रपा र नेकपा मालेले पनि एकएक जना मन्त्री पठाउने सहमति भए पनि उनीहरुले आज मन्त्री पठाएनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
