थप समाचारमंगलबार, फाल्गुण १३, २०७०

जेलमा आफन्त भेट्न आएका दुई भारतीय पक्राउ

हिमालखबर

कारागारमा पत्रकार उमा सिंह हत्या प्रकरणमा कैद सजाय भोगिरहेकी ललिता सिंहलाई भेट्न आउने सीमावर्ती भारतको सीतामढी कृष्णनगर बस्ने ३० वर्षीय रीता सिंह र सीतामढीकै महुआवा का २५ वर्षीय नवीन सिंह दुई थान चाइनिज पेस्तोलको गोलीसहित १३ फागुन दिउँसो पक्राउ परेका कारागार प्रशासनले जनाएको छ ।

झोलामा कागजले बेरेर लुकाई कारागार गेटमा भेट्न जाने तरखरमा रहेका दुवैलाई कारागार सुरक्षा पोस्टका प्रहरीले जाँच गर्दा गोली बरामद भएको हो ।

दुवैबारे आवश्यक सोधपुछ र अनुसन्धान शुरु भएको जिप्रका महोत्तरीले जनाएको छ ।

यसैबीच, प्रहरीले कारागारमा हतियार वा अन्य विस्फोटक सामग्री भित्रिएको हुनसक्ने आशङ्कामा व्यापक खोजबिन गरिरहेको जिप्रकाका प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>