थप समाचारबुधबार, फाल्गुण १४, २०७०
युवतीमाथि सामूहिक बलात्कार
१३ फागुन साँझ खेतबाट घाँस बोकेर घर फर्कंदै गर्दा महोत्तरीको बेलाकी युवतीमाथि सामूहिक बलात्कारको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खेतबाट घाँस काटेर घर फर्कंदै गरेकी युवतीलाई गाउँकै ललन महतोसहितका चारजनाले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको पीडित युवतीका परिवारजनले बताएका छन् । बलात्कार गरेर उनीहरू भागेपछि युवतीको रुवाइ सुनेर गाउँले घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए ।
राति नै घटनास्थल पुगेको जिप्रका महोत्तरीको टोलीले युवतीलाई उपचारका लागि जलेश्वर अस्पताल पु¥याएको प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए । युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
बलात्कारीहरूको खोजीमा प्रहरी टोली परिचालित गरिएको जिप्रका महोत्तरीले जनाएको छ ।
रासस
