समाचारबुधबार, साउन ३१, २०६९
आ-आफ्नै दलका कमजोरी सच्याएर राष्ट्रिय सहमति गरौं: कोइराला
वासुदेवचन्द्र मल्ल स्मृति प्रतिष्ठानद्वारा ३१ साउनमा आयोजित कार्यक्रममा कोइरालाले सहमति, सहकार्य र एकता भन्नेहरुले नै एक अर्कालाई दोषारोपण गरिरहेको बताए । कार्यक्रममा उनले भने, “सहमतिका लागि आफ्नो दलले कहाँ के गल्ती गरेको छ, सच्याएर सहमति गरौं ।”
कोइरालाले संविधान निर्माणका ८५ प्रतिशत काम सम्पन्न भइसकेको र संघीयता, राज्य पुनःसंरचना लगायतका बाँकी १५ प्रतिशत कामलाई पनि सहमतिका साथ टुङ्ग्याउन सकिने बताए । रासस
