समाचारबुधबार, फाल्गुण १४, २०७०
ओनसरी घर्ती उपाध्यक्षमा विजयी
१४ फागुनमा बसेको संविधानसभाको बैठकले एमाओवादी सभासद ओनसरी घर्तीलाई संविधानसभा उपाध्यक्षमा निर्वाचित गरेको छ ।
घर्तीलाई एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले समर्थन गरेका थिए । उनको पक्षमा बैठकमा उपस्थित ४८९ सदस्य मध्ये ४८४मत पर्यो भने उनको विपक्षमा नेमकिपाको ४ र नेपा राष्ट्रिय पार्टी १ मत परेको थियो।
नेमकिपाका अनुराधा थापाले पनि उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिए पनि पनि चुनावी प्रक्रियामा सहभागी भइनन् ।
रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित घर्ती एमाओवादी नेता वर्षमान पुनकी श्रीमति हुन् । बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषदमा उनी युवा तथा खेलकुद मन्त्री थिइन् ।
