थप समाचारबुधबार, फाल्गुण १४, २०७०
जनकपुरका लजबाट १३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरका विभिन्न लज र गेष्टहाउसमा ‘आपत्तिजनक अवस्था’ मा भेटिएको भन्दै १३ जना महिलापुरुषलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।
१३ फागुन राति जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जानकी मन्दिर पछाडीको जय नेपाल गेष्ट हाउस र पुरानो बस पार्कको रामजानकी लजबाट ७ पुरुष र ६ जना महिलालाईे नियन्त्रणमा लिएको अनुसन्धान अधिकृत गोविन्द पुरीले बताए ।
पक्राउ पर्नेहरुमा २ जना होटेलका सञ्चालक, ७ जना पुरुष र ६ जना महिला रहेका छन् ।
पक्राउ परेकाहरुमा दुई महिला भारतीय रहेको र अन्य धनुषा, सिरहा, सप्तरी र सिन्धुलीका रहेको प्रहरी निरीक्षक पुरीले बताए ।
पक्राउ परेका महिला तथा पुरुष सबैजना विवाहित हुन् । जनकपुरको होटेल, लज तथा गेष्ट हाउसमा यौन ब्यवसाय सञ्चालन हुँदै आएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरीले छापामारेकोे हो ।
इश्वरचन्द्र झा, जनकपुर
