समाचारबुधबार, फाल्गुण १४, २०७०
पाँच थान पेस्तोलसहित ६ भारतीय पक्राउ
१३ फागुन अपरान्ह पक्राउ गरि १४ फागुनमा प्रहरीले पत्रकार सम्मलेन मार्फत हतियारसहित ५ जना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ ।
बीआर १० आर ९५५१ नम्बरको भारतीय कारमा नेपालतर्फ आउँदै गरेको समूहलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिई जाँच गर्दा कारमा सवार पांच जनाबाट गोली लोड गरेका एक, एक थान पेस्तोल र गोली भरेको म्याग्जीन, तथा चालकले गोलीसहितको म्याग्जीन लुगा भित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
पेस्तोल र अलग्गै राखिएको म्यासग्जनमा गरी जम्मा ५८ वटा गोली फेला परेका छन् । पक्राउ पर्नेहरु हतियार कारोबारी भएको प्रहरी उपरिक्षक विश्वराज पोखरेलले बताए ।
पक्राउ परेकामध्ये भारत बिहारको भागलपुरस्थित बरारि थानाका प्रमोदकुमार ता“ंती र फन्टुस ता“ती भारतमा पनि हतियार कारोबारमा पक्राउ परेर छुटेका ब्यक्ति हुन् । पक्राउ परेका अन्यमा मुरलीधर दास, विकासकुमार पासवान, नितेशकुमार यादव र सुबोध पासवान छन् ।
उनीहरुलाई प्रहरीले लागुऔषध बोकेको हुनसक्ने शंकामा चेकजांच गर्दा हतियार फेला परेको हो । उनीहरुले विराटनगरको होटलमा रमाइलो गर्न आएको प्रहरीलाई बताएका छन् ।
कमल रिमाल, विराटनगर
