थप समाचारबिहीबार, फाल्गुण १५, २०७०

भारतीय सेनाका जवानद्वारा आफ्नै ५ साथीको हत्या

हिमालखबर

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मू कश्मिरको उत्तरी साफपोरास्थित सेनाको ब्यारेकमा एक सैनिक जवानको आफ्ना साथीहरुसँग भनाभन भएको थियो । १४ फागुन राति ती जवानले ब्यारेकमा सुतिरहेका साथीहरुमाथि गोली चलाएर पाँच सैनिकको हत्या गरेका हुन् ।

भारतीय सेनाले घटनाको जाँच भइरहेको र गोली हान्नुको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । सेनाका प्रवक्ता एसएन जोशीका अनुसार गोली प्रहार गरी साथीहरुको हत्या गरेपछि ती जवान ब्यारेकबाट बाहिर निक्लेर आफैंलाई गोली हानेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>