समाचारबिहीबार, फाल्गुण १५, २०७०
दुर्घटनामा दुईको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । ६ जना गम्भीर घाइते छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार ना २४ प ४१२५ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते अमरापुरी–२ बस्ने ६२ वर्षीया वृद्धा तुल्कीमाया नेपालीको उपचारको क्रममा मृत्यु भएको । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा भरतपुरमा १५ फागुनमा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालक चितवनको भरतपुर–९ बस्ने २१ वर्षीय प्रदर्शन गिरी र मोटरसाइकल नियन्त्रणमा लिएको छ । यस्तै, रजहर–८ मा १४ फागुन राति लु ११ प २०२३ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदलयात्री ४१ वर्षीय हरिमाया विकको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी हरिमायाका श्रीमान् कुलवहादुर विक र मोटरसाइकल चालक लोकबहादुर खोजवार गम्भीर घाइते छन् । यस्त,शिवमन्दिर–५ मा १४ फागुन राति ना ४ प ४६६५ नम्बरको मोटरसाईकलको ठक्करबाट ४ जना घाइते भएका छन् ।
मोटरसाइकलले दुई वटा साईकललाई ठक्कर दिँदा ४ जना घाइते भएका हुन् । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ । चालक भने फरार रहेकाले खोजि भइरहेको र मोटरसाइकल नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
