समाचारबिहीबार, फाल्गुण १५, २०७०
२५ प्रहरीलाई कारवाही
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइमा सन्तोषजनक काम नगरेका प्रहरी कारवाहीमा परेका हुन् । उनीहरुलाई सेवाबाट बर्खास्त तथा नसिहत दिइएको प्रहरी उपरिक्षक विष्णुहरि गौतमले जानकारी दिए ।
दुई प्रहरी जवानलाई जागिरबाटै हटाइएको उनले बताए । एक प्रहरी नायव निरीक्षक र दुई जवानको पदोन्नति रोक्का, एकको तल्लो टाइम स्केल घटुवा गरिएको छ ।
नसिहत पाउनेहरुमा एक सई, तीन असई, तीन प्रहरी हवल्दार, चार प्रहरी जवान गरी ११ जना रहेको उनले जानकारी दिए ।
उनका अनुसार एक इन्स्पेक्टर, एक सई, दुई असई, दुई हल्वदार र चार जवानलाई चेतावनी दिइएको छ ।
विद्रोही गिरी, नवलपरासी
