समाचारबिहीबार, फाल्गुण १५, २०७०

सेनाकोे भूमिका विशिष्ट र उदाहरणीयः राष्ट्रपति

हिमालखबर

सेना दिवस २०७० को अवसरमा शुभकामना दिंदै राष्ट्रपति रामवरण यादवले सेनाले इतिहासको हरेक मोडमा गरेको व्यावसायिकता प्रदर्शन, राष्ट्र र जनताप्रतिको निष्पक्ष सङ्कल्प र समर्पण अद्वितीय रहेको बताएका छन् ।

नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति यादवले सन्देशमा भनेका छन् “नेपाली सेनाले देश र जनताको खातिर आफ्नो आदर्श वाक्यअनुरुप गरेको समर्पण र बलिदानको उच्च सम्मान गर्न चाहन्छु ।”

उनले नेपाली सेनाको गौरवमय परम्परा, मूल्य मान्यता र त्यागलाई कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा समर्पित हुन समेत सेनालाई निर्देशन दिएका छन् ।

सेना दिवसकै अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सुरक्षाको भरपर्दाे, विवादरहित र सक्षम अंगको रुपमा नेपाली सेनाले आफूलाई खरो उतारेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “राष्ट्रको सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता कायम राख्दै राष्ट्रिय एकताको भावनालाई अभिवृद्धि गर्न यो राष्ट्रिय संस्था इतिहासको कुनै पनि कालखण्डमा कहिल्यै चुकेको छैन ।”

“प्रजातान्त्रिक शासन पद्धतिमा नै राष्ट्रियताको जग मजबूत हुन्छ भन्ने विपी कोइरालाको विचारलाई नेपाली सेनाले समेत आत्मसात् गरेको मैले अनुभव गरेको छु,” नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले सन्देशमा भनेका छन् ।

प्रधानसेनापति गौरवशम्शेर जबराले नेपाली सेनाले देश र जनताको सेवामा अहोरात्र खटिएर पु¥याएको योगदानको स्मरण गराउँदै सङ्गठनलाई समयानुकूल आधुनिकीकरण र संस्थागत सुदृढीकरण गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>