थप समाचारशुक्रबार, फाल्गुण १६, २०७०
टोपी दिवस मनाइने
आर्ट अफ लिभिङ नामक संस्था र झापा उद्योग वाणिज्य सङ्घ बिर्तामोडको संयुक्त आयोजनामा १७ साउनमा विर्तामोडमा नेपाली टोपी लगाएर र्याली निकालिने र मुक्तिचोकमा कोणसभा गरी नेपाली टोपीको महत्वबारे जानकारी गराइने भएको छ ।
शिरको शान र राष्ट्रिय पहिचान बनेको नेपाली टोपी लगाउने प्रचलनमा वृद्धि गराउने उद्देश्यका साथ मनाउन लागिएको टोपी दिवसको ¥यालीमा सहभागी हुन झापावासीलाई झापा उद्योग वाणिज्य सङ्घ विर्तामोडका अध्यक्ष बलराम कार्कीले आग्रह गरेका छन् ।
रासस
