थप समाचारशुक्रबार, फाल्गुण १६, २०७०

राउटे मुखिया सरकारी जागिरे बन्दै

हिमालखबर

राउटे फाइल तस्वीर: रासस

जिल्ला वन कार्यालय सुर्खेतले राउटे मुखियाहरुलाई वन हेरालुका रुपमा सरकारी जागिर दिने निर्णय गरेकोे छ । राउटेहरु जागिर खान सहमत भएपछि प्रक्रिया अगाडि बढाइएको जिल्ला वन कार्यालयले जनाएको छ ।

कार्यालयका जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासियाका अनुसार २१ फागुनमा राउटे मुखियाहरुले जागिरका लागि निवेदन दिने र त्यसै दिन उनीहरुलाई वन हेरालुमा नियुक्त गरिने निर्णय भएको छ ।

राउटे मुखियाहरु ऐनबहादुर शाही, सूर्यनारायण शाही, वीरबहादुर शाही र डिलबहादुर शाहीले वन हेरालुको जागिरे हुनेछन् । सुर्खेत हुँदा वन हेरालुका रुपमा नियुक्त गरिएका उनीहरुलाई जुन जिल्लामा बस्ती सरेर जान्छन्, त्यही जिल्लाबाट तलब दिने व्यवस्थासमेत गरिने जिल्ला वन कार्यालयले जनाएको छ ।

वन हेरालुमा नियुक्त भएका राउटेहरुले वनमा लागेको आगो निभाउनेदेखि जथाभावी रुख काट्नु हुँदैन भनी आफ्ना समुदायलाई सचेत गराउने काम गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>