समाचारशुक्रबार, फाल्गुण १६, २०७०

सेनाद्वारा वीरगञ्जका युवाको मुस्ताङबाट उद्धार

हिमालखबर

मुस्ताङमा वीरगञ्जका युवाको उद्धार गर्दै नेपाली सेनाको उद्धार टोली । तस्वीर सौजन्यः नेपाली सेना

मनाङ्ग हुंदै मुस्ताङ्गको  मुक्तिनाथ जोमसोमतर्फ जांदै गरेका वीरगञ्जका ७ युवाहरु सम्मिलित पदयात्री टोलीलाई मुस्ताङ्गस्थित नेपाली सेनाको उद्धार टोलीले करिव १७ हजार फिटबाट १५ फागुनमा उद्धार गरेको छ ।

युवाहरुको टोली १४ फागुनमा मुस्ताङ्गको कैसाङ नजिक हिउँ पर्न थालेपछि अलपत्र परेको थियो ।

सेनाको उद्धार टोलीले ६ जना पैदल यात्रीलाई सकुशल उद्धार गरेको छ भने एक जनाको मृत्यु भइसकेको अवस्थामा शव जोमसोम प्रहरीलाई बुझाएको छ ।

सेनाले अलपत्र परेका युवामध्ये सन्तोष उपाध्यायलाई ‘फ्रस्ट बाइट’ भएपछि उपचार गरिएको र अर्का युवा ऋषि वर्नवारको शवलाई एक्लेभट्टी ईलाकाबाट उद्धार गरी जोमसोमस्थित प्रहरीलाई बुझाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>