थप समाचारशुक्रबार, फाल्गुण १६, २०७०

रोजगारी केन्द्रित कार्यक्रममा प्राथमिकताः मन्त्री पराजुली

हिमालखबर

कृषिमन्त्री पराजुलीले बढीभन्दा बढी रोजगार श्रृजना हुने किसिमका कार्यक्रमलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका हुन् । कृषि मन्त्रालयमा १६ फागुनमा पत्रकारसँग कुराकानी गर्दै उनले युवा पलायन रोक्न पनि रोजगारमूलक कृषि प्रणालीमा जोड दिनुपर्ने बताए ।

“रोजगार श्रृजना हुने किसिमका कार्यक्रम ल्याए युवा पलायन केहि भए पनि रोकिने छ,” उनले भने, “अब छिट्टै नै रोजगारमूलक कृषि कार्यक्रम ल्याउने छौं ।” उनले निर्वाहमुखी खेती प्रणाली अन्त्यका लागि पहल गर्ने पनि बताए ।

उनले कृषिको विकासका लागि व्यवसायिकरण तथा औद्योगिकरणमा जोड दिने पनि बताए । “कृषिमा व्यवसायिकरण गर्न सकेमा मात्र कृषि क्रान्ति संभव छ, उनले भने ।

उनले कृषकलाई उन्न्त बिउबिजन, रासायनिक मल, सिंचाई लगायतमा अझ बढी सुविधा दिने पनि बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>