थप समाचारशुक्रबार, फाल्गुण १६, २०७०
दुर्घटनामा दुई जनाको मृत्यु
कैलालीको चिसापानीमा १६ फागुन बिहान ना ३ ख २०९४ नम्बरको ट्रिपरले किच्दा सहचालक हेमन्त मगरको मृत्यु भएको छ । ट्रिपर सफा गर्दा एक्कासी ट्रिपर चलेपछि किचिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कैलालीकै फूलवारीमा एक जनाको मृत्यु भएको छ । से १ प ७२०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक फूलबारी–८ का धनबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिएका छन् ।
