थप समाचारशनिबार, फाल्गुण १७, २०७०
शिवारात्रिका साधुको बिदाई
शिवरात्रिमा विभिन्न स्थानबाट पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दोसल्ला ओढाएर भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी पशुपति विकास कोसले बिदाई गरेको छ ।
गुठी संस्थानले स्तर निर्धारण गरे अनुरुप कोषले रु ५ हजारदेखि ५०१ दक्षिणा प्रदान गर्दछ । कोषले यसवर्ष करिब पाँच हजार साधुसन्त आएको जनाएको छ ।
कतिपय साधुसन्त अघिल्लो दिन नै बिदाई कार्यक्रममा सहभागी नभइकन फर्केको र केही फर्कन बाँकी रहेको सुरक्षा एवम् प्रचारप्रसार समितिका सदस्यसचिव रेवतीरमण अधिकारीले जानकारी दिए ।
जनकपुर, चितवन, वीरगन्ज, नेपालगन्ज तथा भारतका विभिन्न स्थानबाट साधुसन्त तथा योगीहरु शिवरात्रिमा पशुपति आएका थिए ।
रासस
