समाचारबिहीबार, साउन ३२, २०६९

कांग्रेस महासमिति बैठक असोज तेस्रो साता

हिमालखबर

बैठकले त्रिभुवन विश्वविद्यालयमा वरिष्ठता र प्रतिस्पर्धाको आधारमा पदाधिकारी नियुक्त गर्न माग गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान हाडजोर्नी विभागका प्रा. डा. गोविन्द केसीले गरेको आमरण अनसनप्रति कांग्रेसले समर्थन जनाएको छ । डा. केसीको बिग्रदो स्वास्थ्यप्रति पार्टीले गम्भिर चिन्ता व्यक्त  गरेको छ ।

संस्थापनसँग असन्तुष्ट वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका विभागीय प्रमुख र अन्चल संयोजकले ३१ साउनमा बुझाएको राजीनामाको विषय बैठकमा एजेण्डका रुपमा प्रस्तुत भएपनि छलपल १ भदौको बैठकमा हुने प्रवक्ता बडुले जानकारी दिए ।

बैठकमा महामन्त्रीद्वय प्रकाशमान िसंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, मीनेन्द्र रिजाल, प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा,  बद्री पाण्डे, मनमोहन भट्टराई, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी र रामचन्द्र तिवारीले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>