समाचारआइतबार, फाल्गुण १८, २०७०
ओली भारत प्रस्थान
एमाले संसदीय दलका नेता ओली नियमित उपचारका लागि १८ फागुनमा भारत प्रस्थान गरेका हुन् । दायाँ हात सुन्निएका कारण एक साताअघि धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार गराएका उनी १७ फागुनमा घर फर्किएका थिए ।
ओलीका स्वकीय सचिव रमेश आचार्यले नियमित स्वास्थ्य परीक्षणका लागि उनी भारत गएको जानकारी दिए । संविधानसभाको निर्वाचनदेखि नै ओलीले नियमित स्वास्थ्य परीक्षण गराउन नपाएका कारण भारत जानुपरेको आचार्यले बताए ।
भारतमै मिर्गौला प्रत्यारोपण गराएका ओलीले नयाँदिल्लीको सकेटस्थित म्याक्स अस्पतालमा परीक्षण गराउने छन् ।
रासस
