समाचारशुक्रबार, भाद्र १, २०६९
अनसरत प्रा. डा. केसीको फोक्सोमा समस्या
त्रिविवि चिकित्सा अध्ययन संस्थानमा डिनलगायतका महत्वपूर्ण पदमा राजनीतिक आधारमा भन्दा त्यहाँ कार्यरत वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्ने माग राख्दै प्रा. डा. केसी आमरण अनशनमा बसेका हुन । केसी आमरण अनशनमा पुनः बस्नुभएपछि त्रिवि शिक्षण अस्पतालका आकस्मिकबाहेक अन्य सबै सेवा चार दिनदेखि ठप्प छन् ।
केसीको उपचारमा संलग्न डा प्रेम खड्काले भने, ‘प्रा. डा. केसीको स्वास्थ्य स्थिति बिगँदै गएको छ, उहाँको फोक्सोमा समस्या देखिन थालेको छ ।’ डा खड्का अनुसार केसी अहिले सामान्य रुपमा बोलचाल गर्न पनि अप्ठ्यारो अवस्थामा छन् । प्रा. डा. केसी यसअघि पनि गत असारमा पनि अनशन बसेका थिए । रासस

