थप समाचारसोमबार, फाल्गुण १९, २०७०

पत्रकार महासंघ हिमालमिडिया शाखामा गाहा मगर निर्विरोध

हिमालखबर

हिमालमिडियाको कार्यालय पाटनढोकामा १९ फागुनमा सम्पन्न अधिवेशनले नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको अध्यक्षमा सन्त गाहा मगर निर्विरोध चयन भएका छन् ।

अधिवेशनले उपाध्यक्षमा सञ्जीव शर्मा, सचिव सानुबाबु तामाङ, सहसचिव रमेश कुमार र कोषाध्यक्षमा सेन्छेलुङ लिम्बूलाई निर्विरोध निर्वाचित गरेको छ । सदस्यमा प्रदीप बस्नेत, देबकी विष्ट, किरण महर्जन र विलाश राई छन् ।

केन्द्रीय सभासदमा किरण नेपाल, रामजी दाहाल, धर्मराज दाहाल, रामेश्वर बोहरा, डम्बरकृष्ण श्रेष्ठ, अनुराग अधिकारी र मीना शर्मा
चयन भएका छन् । अधिवेशनका लागि अधिवक्ता रामकृष्ण बन्जारा, सुवास देवकोटा र कर्म लामा सम्मिलित तीन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो ।

अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि मन्टेश्वरी राजभण्डारीको उपस्थिति थियो । उनले नयाँ कार्यसमिति र केन्द्रीय सभासदलाई बधाइ ज्ञापन गरिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>