थप समाचारमंगलबार, फाल्गुण २०, २०७०
कंगोमा नेपाली सेनामाथि आक्रमण
नेपाली सेनाले चढेको गाडीमाथि अज्ञात सशस्त्र समूहले आक्रमण गरेको हो । आक्रमणमा परी पाँच जना नेपाली सेना घाइते भएका छन् ।
कंगोको बेनी सहरमा तैनाथ नेपाली सेनाको मुख्यालयभन्दा ६ सय मिटर दक्षिणमा सशस्त्र समूहले १९ फागुन राति आक्रमण गरेको हो । सशस्त्र समूहले सेनाको गाडीमाथि ग्रिनेट प्रहार हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सैनिक जनसम्पर्क निर्देृशनालयले जनाएको छ । निर्देशनालयले घाइतेहरुको नाम भने उल्लेख गरेको छैन ।
रासस
