समाचारमंगलबार, फाल्गुण २०, २०७०
नियमावली मस्यौदा समितिको म्याद थप
संविधानसभाको २० फागुनमा बसेको बैठकले समितिको म्याद २७ फागुन बनाएको हो । नियमावली मस्यौदा समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिको समय थपसम्बन्धी प्रस्ताव बैठकमा पेस गरेका थिए । संविधान प्रमाणीकरण तथा जारी, संविधानसभाभित्र ककस गठन गर्न दिइने वा नदिई, ह्वीपलगायतका विषयमा सहमति कायम नहुँदा म्याद थप्नु परेको संयोजक कर्णले जानकारी दिए ।
समितिले पहिलोपटक १० फागुनसम्मको समयावधि पाएकोमा त्यसलाई बढाएर १७ फागुन बनाइएको थियो । २९ माघमा ४९ सदस्यीय मस्यौदा समिति निर्माण गरिएको थियो ।
