थप समाचारमंगलबार, फाल्गुण २०, २०७०
पत्रकार महासंघका शाखामा को को
हिमालमिडिया शाखामा गाहा मगर निर्विरोध
नेपाल पत्रकार महासंघ हिमालमिडिया प्रतिष्ठान शाखाको चौंथो अधिवेशन नयाँ कार्यसमिति र केन्द्रीय सभासद चयन गर्दै सकिएको छ । हिमालमिडियाको कार्यालय पाटनढोकामा १९ फागुनमा सम्पन्न अधिवेशनले नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको अध्यक्षमा सन्त गाहा मगर निर्विरोध चयन भएका छन् ।
अधिवेशनले उपाध्यक्षमा सञ्जीव शर्मा, सचिव सानुबाबु तामाङ, सहसचिव रमेश कुमार र कोषाध्यक्षमा सेन्छेलुङ लिम्बूलाई निर्विरोध निर्वाचित गरेको छ । सदस्यमा प्रदीप बस्नेत, देबकी विष्ट, किरण महर्जन र विलाश राई छन् ।
केन्द्रीय सभासदमा किरण नेपाल, रामजी दाहाल, धर्मराज दाहाल, रामेश्वर बोहरा, डम्बरकृष्ण श्रेष्ठ, अनुराग अधिकारी र मीना शर्मा
चयन भएका छन् । अधिवेशनका लागि अधिवक्ता रामकृष्ण बन्जारा, सुवास देवकोटा र कर्म लामा सम्मिलित तीन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो ।
अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि मन्टेश्वरी राजभण्डारीको उपस्थिति थियो । उनले नयाँ कार्यसमिति र केन्द्रीय सभासदलाई बधाइ ज्ञापन गरिन् ।
कान्तिपुर एफएममा अधिकारी
महासङ्घ कान्तिपुर एफएम शाखामा किरण अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । शाखाको आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूपेन्द्र खड्का, सचिवमा रामचन्द्र महर्जन, सहसचिवमा रुविना श्रेष्ठ र कोषाध्यक्षमा प्रतीक्षा खनाललाई चयन गरेको छ ।
यस्तै सदस्यमा पार्वता चौधरी, दीपा दाहाल, जितेन्द्रसिंह महरा र श्याम खड्का चयन भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा तेजेन्द्र काफ्ले, श्रीकृष्ण न्यौपाने, रजनी तामाङ, मधुसूदन पन्थी र परमानन्द खनाललाई निर्वाचित गरेको छ ।
बागलुङमा राजभण्डारी
महासङ्घ बागलुङको पाँचौँ अधिवेशनबाट मुकेशचन्द्र राजभण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा दिलीप पौडल, सचिवमा दिल शिरीष, सहसचिवमा उषा पौडेल र कोषाध्यक्षमा ताराप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । महिला सदस्यमा रेणु केसी, जनजाति सदस्यमा विजय राना, दलित सदस्यमा लोकेन्द्र सुनार निर्वाचित भएका छन् ।
खुला सदस्यमा सर्वाधिक ७३ मत प्राप्त गरी रामबहादुर थापा, अर्जुन लामिछाने र सुवास कँडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट निवर्तमान अध्यक्ष रामबहादुर जिसीलगायत २१ जना केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
कामना प्रतिष्ठान शाखामा रिजाल
महासङ्घ कामना प्रतिष्ठान शाखाको सातौँ अधिवेशनले दीपक रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्र्वाचित गरेको छ । शाखाका उपाध्यक्षमा शिव दुवाडी, सचिवमा टीका बन्धन, कोषाध्यक्षमा तारा वाग्ले तथा सदस्यमा केशरमान श्रेष्ठ र भेषराज घिमिरे सर्वसम्मत चयन भए । अधिवेशनले बाँकी सदस्य मनोनयन गर्ने जिम्मेवारी कार्यसमितिलाई नै दिएको छ ।
च्यानल नेपाल शाखामा वज्राचार्य
महासङ्घ च्यानल नेपाल शाखाले गार्डीका वज्राचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । आज भएको तेस्रो अधिवेशनले उपाध्यक्षमा निर्मल दाहाल, सचिवमा सिर्जना कार्की र कोषाध्यक्षमा कृष्णदेव रूपाखेती चयन गरेको छ । यस्तै केन्द्रीय प्रतिनिधिमा गणेश बस्नेत, शान्तिराम कार्की, सन्तोष खड्का, जीवनाथ शिवाकोटी, कमल रानामगर र श्रेया केसीलाई सर्वसम्मत रूपमा चयन गरेको छ ।
रिपब्लिकामा कोइराला
महासङ्घ रिपब्लिका प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनले कोषराज कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा रुबी रौनियार, सचिवमा अशोक दाहाल, सहसचिवमा सन्तोष न्यौपाने र कोषाध्यक्षमा निर्जना शर्मा निर्वाचित भएका छन् ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा प्रतीक प्रधान, सोमेश बर्मा, तिलक पाठक, सुबोध गौतम, प्रकाश तिमल्सिना, सुरेन्द्र पौडेल, सुशील भट्टराई, मणि दाहाल र पवित्रा सुनारलाई निर्वाचित गरेको छ ।
राजधानीमा तिमिल्सिना
राजधानी प्रतिष्ठान शाखाको आज सम्पन्न अधिवेशनले रामसूदन तिमल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा राजन शर्मा, डिल्ली आचार्य, लीलाराज खनाल, तारानिधि पोखरेल, मधुजङ्ग पाण्डे र राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।
एन्टेना फाउन्डेसनमा पराजुली र रेडियोमैत्रीमा न्यौपाने
एन्टेना फाउन्डेसन प्रतिष्ठान शाखाको अधिवेशनले राजन पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा कल्पना भट्टराई, अभिमन्यू निरबी र निशा राई चयन भएका छन् ।
त्यसैगरी रेडियोमैत्री प्रतिष्ठान शाखाको आज सम्पन्न अधिवेशनबाट श्रीधर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिमा उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा टीकाराम तामाङ र कोषाध्यक्षमा सोविता रिसाल निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा विष्णु सापकोटा, वासुदेव शर्मा, विनोद घिमिरे, गोपाल नेपाल, रामकृष्ण शर्मा, सञ्चु ब्लोन र मनोज अर्याल रहेका छन् । रासस
