थप समाचारमंगलबार, फाल्गुण २०, २०७०
एनआरएनले अफ्रिकामा राहत कोष स्थापना गर्ने
एनआरएनको नैरबी, केन्यामा सम्पन्न प्रथम अफ्रिका क्षेत्रीय बैठकले राहत कोष स्थापना गर्ने निर्णय गरेको हो । बैठकले नौ बुँदे अफ्रिका घोषणापत्र जारी गर्दै अवैध मानवतस्करी रोक्न पहल गर्ने पनि निर्णय गरेको छ ।
त्यसका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्ने एनआरएन अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले जानकारी दिए । एनआरएनले नेपालमा लगानी भित्र्याउन अझै आकर्षक र छरितो प्रक्रिया व्यवस्था गर्न सरकारलाई भनेको छ ।
नेपालमा वैदेशिक लगानीका अवसर पहिल्याउने र नेपालबाट अफ्रिकामा बढ्दो मानवतस्करी रोक्ने विषयमा केन्द्रित बैठकमा अफ्रिकाका ६ देशका ४० एनआरएनको सहभागिता थियो । दक्षिण अफ्रिकास्थित नेपाली दुतावासको सहयोगमा बैठक सम्पन्न भएको थियो ।

