समाचारबुधबार, फाल्गुण २१, २०७०

काठमाडौंबाट हतियारसहित पाँच पक्राउ

हिमालखबर

महानगरीय प्रहरी काठमाडौंले २० फागुन साँझ सटगन, टुटु लगायतका बन्दुक र गोलीसहित पाँच व्यक्तिलाई सीतापाइलाबाट पक्राउ गरेको छ ।

काठमाडौंको सितापाइला–६ स्थित फस्कु चोकमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बा१ज ७६७० नं को ट्याक्सीमा तीन वटा हतियार र गोलीसहित पक्राउ गरेका पाँच जनालाई जिल्ला प्रशासन कार्यालय बबरमहलबाट हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुुसन्धान जारी राखिएको जनाएको छ ।

पक्राउ पर्ने व्यक्तिहरुमा सोलुखुम्बु–१ घर भई भक्तपुर लोकन्थली बस्ने शुभराम बस्नेत, काठमाडाँै मालीगाउँ बस्ने लीलाबहादुर खड्का, धरान घर भई हाल मण्डिखाटार बस्ने सचिन शर्मा, मालीगाउँ बस्ने जोन खड्का र सितापाइला बस्ने राकेश विक्रम शाही छन् ।

ती व्यक्तिबाट म्यागनम टु टु हतियार एक थान र गोली ११ राउन्ड, म्यागनम टु टु हतियार एक थान र गोली ४३ राउन्ड र सटगन एक थान र गोली १६ राउन्ड बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>