थप समाचारबुधबार, फाल्गुण २१, २०७०

यदु स्मृति पत्रकारिता पुरस्कार गौतमलाई

हिमालखबर

यदु स्मृति पत्रकारिता पुरस्कार २०७० बाट सल्यानमा कार्यरत पत्रकार रमेश गौतम पुरस्कृत भएका छन् । २१ फागुनमा राजधानीमा आयोजित कार्यक्रममा यदु स्मृति प्रतिष्ठानले सो पुरस्कार गौतमलाई प्रदान गरेको हो । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले गौतमलाई रु.१० हजार नगद पुरस्कार र कदरपत्र प्रदान गरिन् ।

प्रतिष्ठानले विगत १२ बर्षदेखि मानवअधिकारका पक्षमा र हिंसा तथा अराजकताका विरुद्धमा कलम चलाउने पत्रकारलाई हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । २०५६ को आम निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट उम्मेदवार रहँदा माओवादीले हत्या गरेका यदु गौतमको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>