समाचारबिहीबार, फाल्गुण २२, २०७०

स्थानीय निर्वाचनका लागि सरकार तयारः सिंचाइमन्त्री

हिमालखबर

नेपाल प्रेस युनियन कञ्चनपुरले २२ फागुनमा गरेको पत्रकार सम्मेलनमा सिंचाइमन्त्री साउदले सरकार स्थानीय निकायको निर्वाचन गराउन तयार रहेको बताएका हुन् । तर, उनले अहिलेको सरकारको प्राथमिकता संविधान निर्माण नै भएको बताए ।

उनले भने, “सरकारको पहिलो प्राथमिकता भनेको तोकिएको समयभित्र संविधान निर्माण नै हो ।” तोकिएकै समयभित्र संविधान निर्माण गर्न सरकारले संविधानसभा भित्र र बाहिर रहेका दलहरुसँग समन्वय गरिरहेको उनले बताए ।

उनले एकवर्षभित्र संविधान निर्माण गरेर आर्थिक विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । “एकवर्षभित्र संविधान दिन सके मात्र मुलुकलाई आर्थिक विकासतिर डोर्‍याउन सकिन्छ,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>