समाचारबिहीबार, फाल्गुण २२, २०७०
चुरेक्षेत्रबाट १ किमीभित्रका क्रसर उद्योग बन्द हुने
२२ फागुनमा बसेको व्यवस्थापिका संसदको बैठकमा बोल्दै बन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले असार मसान्तसम्म क्रसर उद्योग दर्ता नगर्ने र चुरेक्षेत्रको एककिलोमिटर दूरीसम्म क्रसर उद्योग राख्न नपाइने मन्त्रालयले निर्णय गरेको जानकारी गराएका छन् ।
उनले निकुञ्ज र आरक्ष क्षेत्रभित्रबाट समेत ढुंगा, रोडा र बालुवाको उत्खनन् गर्नबाट रोक लगाइएको संसदलाई जानकारी गराए ।
त्यस्तै प्रस्तावित पूर्वपश्चिम रेलमार्ग चितवन राष्ट्रिय निकुञ्जभित्रबाट लैजान नहुने भन्दै उनले त्यसका लागि वैकल्पिक बाटो बनाउने निर्णय भएको पनि बताए ।
