थप समाचारशुक्रबार, फाल्गुण २३, २०७०

हिउँको चिसोले शिक्षकको ज्यान गयो

हिमालखबर

मुगु जिल्लास्थित पूर्वी करान भेगको पुलु गाविसमा रहेको सरस्वती प्राथमिक विद्यालयमा कार्यरत राजविराज नगरपालिका वडा नं ५ घर भएका शिक्षक कृपानन्द झाको मुगु जिल्लास्थित घुच्ची लेकमा २२ फागुन राति निधन भएको छ ।

हिमपातका कारण मुगुको रारा विमानस्थल १५ फागुनबाट बन्द भएपछि मृतक झासँग मुगु जिल्लामा कार्यरत शिक्षक श्रीलाल लेखी, सूर्यनारायण साह लगायत नेपालगन्जदेखि जुम्लाको गोठी जिउलासम्म गाडीमा पुगेका थिए भने हिमपातले मोटरबाटो समेत बन्द भएपछि उनीहरु त्यहाँबाट पैदलै मुगुतर्फ लागेका थिए ।

प्रारम्भिक चरणमा हिउँको चिसोले मृत्यु भएको बुिझए पनि मृतकको शव परीक्षणपछि मात्र यथार्थ थाहा हुने प्रहरी नायब उपरीक्षक पुस्कर केसीले बताएका छन् ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीन घण्टा दक्षिण पश्चिम पिना गाविसमा पर्दछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>