समाचारशनिबार, फाल्गुण २४, २०७०

महिलालाई सम्मानपूर्वक व्यवहार गरौं: प्रम कोइराला

हिमालखबर

विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिँदै विकासको सहयात्रीका रूपमा प्रत्येक क्षेत्रमा महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको बताएका छन् ।

सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागितालाई सुनिश्चित गर्न उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै उनले रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्था गरिएको बताए ।

प्रधानमन्त्री कोइरालाले सन् २०१० देखि महिलाविरुद्धको हिंसाको विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँचवर्षे ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९’ कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको उल्लेख गरेका छन् ।

कोइरालाको सन्देशमा उल्लेख छ, “नेपाल सरकारका उपयुक्त प्रयास हुँदाहुँदै पनि पुरुषको तुलनामा गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य महिलाको पहुँच न्यून रहेको छ ।” उनले रोजगारी तथा राजनीतिमा पनि महिलाको पहुँच र सहभागिता पुरुषको दाँजोमा न्यून रहेको भन्दै सरकारका प्रयासलाई अझ सशक्त पार्न यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजलाई आआफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने अभियानमा एक भएर लाग्न समेत आग्रह गरेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>