समाचारशनिबार, फाल्गुण २४, २०७०

‘एमाओवादी र मधेशवादीले बखेडा नगरे १० महिनामा संविधान’

हिमालखबर

प्रेस चौतारी धनुषाद्वारा २४ फागुनमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता माधवकुमार नेपालले विगतमा एमाओवादी र मधेशवादी दलहरुका कारण संविधान बन्न नसकेको दाबी गर्दै यसपटक पनि ती दुवै दलले सहयोग गर्ने हो भने अबको १० महिनाभित्र संविधान निर्माण हुने बताएका छन् ।

“एमाओवादी र मधेशवादी दलले बखेडा नगरेको खण्डमा तोकिएकै समयमा संविधान निर्माण हुनेछ,” नेपालले भने, “सरकारले संविधान निर्माण गर्ने सवालमा उहाँहरुलाई पनि सँगै लिएर जानुपर्दछ ।”

उनले संविधानसभा बाहिर रहेका नेकपा–माओवादीलगायतका दलहरुलाई पनि संविधान निर्माणमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

नेपालले जेठ मसान्तसम्ममा स्थानीय चुनाव गर्नेगरी सरकारले निर्वाचन आयोगलाई जिम्मेवारी दिनुपर्ने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>