थप समाचारशनिबार, फाल्गुण २४, २०७०

३६ किलो चेरशसहित चार जना पक्राउ

हिमालखबर

विशेष सुराकीका आधारमा बागलुङ नगरपालिका–३ गुठीबाट जीपमा सवार चार जना व्यक्तिलाई प्रहरीले ३६ किलो चरेस सहित पक्राउ गरेको छ ।

ग१ज ४९६७ नं को जिपमा सवार पाण्डवखानी–१ की २३ वर्षीया देवी श्रीस, सोही स्थानकी २८ वर्षीया माया श्रीस, ५० वर्षीया यमकुमारी श्रीस र रणसिंहकिटेनी–९ का २६ वर्षीय जिप चालक हिमाल घर्तीलाई प्रहरीले चेरशसहित पक्राउ गरेको हो ।

जिपमा सवार तीनै जनाले आफ्नो झोलामा चरेश लुकाएका ल्याएका थिए । चरेश ओसार्न प्रयोग गरिएको आरोपमा जिपचालक घर्तीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लागुऔषधसहित पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन २०५० अनुसार अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । चरेश ओसारपसारमा ठूलै गिरोहको संलग्नता रहेको गुरुङले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>